×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैं र तिहारको अवधिमा उपभोक्ता हित विपरित कारोबार गरेको भन्दै ३१६ फर्म कार्वाहीमा, ५१ लाख रुपैयाँ राजस्व संकलन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दशैं र तिहारको अवधिमा उपभोक्ता हित विपरित कारोबार गरेको भन्दै ३१६ फर्म कार्वाहीमा, ५१ लाख रुपैयाँ राजस्व संकलन

Artha Sarokar

९ कार्तिक २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दशैं र तिहारमा मात्रै ३१६ वटा कार्वाहीमा परेका छन् । बजार अनगुमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हित विपरितका सामाग्रीको कारोबार गरेका भन्दै ३१६ वटा व्यापारिक फर्मलाई जरिवाना गरेको हो ।

विभागले एक महिनाको अवधिमा बजार अनुगमनबाट ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । विभागकाअनुसार यस अवधिमा २७ वटा वस्तु तथा सेवा क्षेत्रमा १४ सय २६ वटा अनुगमन भएको थियो । सबैभन्दा धेरै अनुगमन खाद्य वस्तु क्षेत्रमा भएको थियो ।

यस अवधिमा खाद्यान्नका १४७, लत्ता कपडाका ३० र मार्ट तथा मिनीमार्टका १३ वटा शाखामा अनुगमन भएको थियो । जसमध्ये ४१३ वटा फर्मबाट थप कागजात माग गरिएको र ७२ वटा फर्मको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

अनुगमनका क्रममा उपभोक्ता हित विपरित फेला परेर नष्ट गरिएका वस्तुको बजार मूल्य ३० लाख रुपैयाँ हाराहारी रहेको विभागले जनाएको छ । यस्तै ६१६ वटा फर्म अनुगमनमा क्रममा सामान्य अवस्थामा भेटिएका थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी