×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयनसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंकले निकाल्यो पहिलो त्रैमाससम्मको वित्तीय विवरण, कस्तो छ वित्तीय अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

हिमालयनसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंकले निकाल्यो पहिलो त्रैमाससम्मको वित्तीय विवरण, कस्तो छ वित्तीय अवस्था ?

Artha Sarokar

८ कार्तिक २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । हिमालयन बैंकसँग गाभिने प्रक्रियामा रहेको सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गतवर्षको सोही अवधिको तुलनामा ४२.२३ प्रतिशतलले बढी नाफा आर्जन गरेको जनाएको हो ।

समिक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३८ प्रतिशतले वृद्धि हुँदै ५८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानीमा पनि ६२.२१ प्रतिशतले बढोत्तरी भएको छ । योसँगै बैंकको यस्तो आम्दानी १ अर्ब १५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्जमा पनि वृद्धि भएको छ । यस्तै बैंकको वितरणयोग्य नाफा ८६ करोड ३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ ।

हाल सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी (इपीएस)मा ४ रुपैयाँ ७८ पैसाले बढेर १८ रुपैयाँ २९ पैसा कायम भएको छ । यो सँगै कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९५ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी