×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कांग्रेसको घोषणापत्रः ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, सेनिटरी प्याड फ्रि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कांग्रेसको घोषणापत्रः ३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, सेनिटरी प्याड फ्रि

Artha Sarokar

१३ कार्तिक २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । निर्वाचन लक्षित नेपाली कांग्रेसले सार्वजनिक गरेको पञ्चवर्षीय योजनासहितको संकल्पपत्रमा बालबालिका र ज्येष्ठ नागरिकको उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ । शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले आगामी पाँच वर्षमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार गर्ने जनाएको हो ।

शनिबार ललितपुर स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका हुन् । उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ ।

पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ । ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई निःशुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, सबै महिलालाई निःशुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि गरिने जनाएको छ । हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने कांग्रेसको प्रतिबद्धता छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी