Skip to content
LAXMI SUNRISE BANK

५ हजार रुपैयाँले खोल्यो डिल्लीबजार मालपोतमा घुसको रहस्य, साढे १० लाखको चेकसहित कार्यालय सहयोगी पक्राउ

अर्थ सरोकार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिल्लीबजार मालपोत कार्यालयका कार्यालय सहयोगी होमप्रसाद खतिवडालाई पक्राउ गरेको छ । आयोगले खतिवडालाई साढे १० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

मोही लगत कट्टा गर्न सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस माग गरेको सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले खतिवडालाई पक्राउ गरेको हो ।

खतिवडाको खानतलासी गर्दा स्रोत नखुलेको तीन लाख १८ हजार ६०० रुपैयाँ र ७ लाख ५० हजार रुपैयाँको दुईवटा चेक फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK