×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय सहकारी बैंकमा थपियो २ अर्ब रुपैयाँ, दैनिक ५० करोड निक्षेप जम्मा हुँदै, तरलता अभाव सहज हुँदै गएको दाबी

काठमाडौं । दशैंपछिको पाँच दिनमा राष्ट्रिय सहकारी बैंकमा २ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । लामो समयदेखि तरलता अभाव झेल्दै आएको सहकारी क्षेत्रमा सो रकम भित्रिएसँगै राहत महसुस गरिएको छ ।

दशैंपछि राष्ट्रिय सहकारी बैंकमा सो रकम भित्रिएसँगै तरलता अवस्था सहज बन्दै गएको बैंकका अध्यक्ष केबी उप्रेतिले बताएका छन् । ‘दशैंपछि दैनिक रुपमा सहकारीमा निक्षेप बढीरहेको छ’, उनले भने, ‘यो क्रमले सहकारीमा तरलता अवस्था सहज हुँदै गएको छ । अवस्था हिजोको तुलनामा आज निकै सुधारोन्मुख देखिएको छ ।’

अध्यक्ष उप्रेतिका अनुसार आईतबारदेखि बिहीबार सम्ममा २ अर्बभन्दा बढी निक्षेप सहकारी बैंकमा थपिएको छ । ‘अहिले प्रत्येक दिन सहकारीमा ५० करोड निक्षेप थपिएको छ’, उप्रेतीले भने, ‘तरलता १४ प्रतिशतबाट २० प्रतिशत पुगेको छ ।’

सहकारी संस्थामा निक्षेप बढे मात्रै सहकारी बैंकको निक्षेप बढ्ने भएकाले असहज परिस्थितीबाट सहजतर्फ उन्मुख भएको उप्रेतीको भनाई रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: