×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नगद दिन नसक्ने भएपछि देउरालीले बचतकर्तालाई जग्गा बाँड्न थाल्यो, भन्यो- ‘फेरी काम गर्ने मौका दिनुस्, गल्ती दोहोरिँदैन’

काठमाडौं । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि देउराली बहुउद्धेशीय सहकारी संस्थाले रकमको सट्टा जग्गा पास गर्ने काम सूरु गरेको छ । वित्तीय क्षेत्रमा देखा परेको तरलता अभाव र संस्थाको कमजोर स्थितिका कारण सहकारीले निक्षेपकर्ताको रकम फिर्ता गर्न नसकेपछि देउराली सहकारीले जग्गा दिने कामको थालनी गरेको हो ।

जनताले रातदिन मिहेनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको संस्थाका अध्यक्ष रबिन्द्र चौलागाइले बताएका छन् । ‘हाम्रो उद्धेश्य नै आफ्ना ग्राहकलाई सहज र सहुलियत सेवा प्रदान गर्नु हो’, उनले भने, ‘विभिन्न समस्याले गर्दा पैसा नै दिन नसके पनि सोको सट्टा जग्गा पास गर्छौं ।’ चौलागाइले दुई महिनाअघि संस्थाका सदस्यहरुको भेला गरेरै पुँजीको अभावमा जग्गा दिने प्रतिबद्धता गरेका थिए ।

सहकारी टाँट पल्टिने अवस्थामा पुगिसकेपछि समस्या समाधानका लागि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको ‘गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्स’को नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीले जनाएको छ ।

सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडी नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरु लाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ ।

हाल सहकारी संस्थामा देखिएको तरलता व्यवस्थापन लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको संस्थाले जनाएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ ।

योसँगै सहकारीले संस्था संचालनका लागि सहज वातावरण सृजना गर्न समेत सदस्यहरुलाई आग्रह गरेको छ । ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरु लाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास ब्यक्त गर्न चाहन्छौ । त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौँ’- विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: