×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, ईपीएसमा ३९ रुपैयाँ ७६ पैसाको गिरावट

PRIME CA

ग्लोबल आइएमई लघुवित्तको नाफा ५८ प्रतिशतले घट्यो, ईपीएसमा ३९ रुपैयाँ ७६ पैसाको गिरावट

२१ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नाफा ५८ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै समिक्षा अवधिमा २ करोड ६७ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको जनाएको छ । जुन गतवर्षको तुलनामा ५८.१५ प्रतिशत कम हो ।

ग्लोबल आइएमई लघुवित्तले गत वर्षको यही अवधिमा ६ करोड ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको सञ्चालन नाफापनि ५८ प्रतिशतले घटेर ३ करोड ८३ लाखमा रुपैयाँ कायम भएको छ ।

त्यस्तै समिक्षा अवधिमा संस्थाले ८ अर्ब ४८ करोड १० लाख रुपैयाँ कर्जा विस्तार गरेको छ भने ३ अर्ब ५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यता लघुवित्तको वितरण योग्य नाफा १ करोड ४२ लाख रुपैयाँमा कायम हुँदा खुद ब्याज आम्दानी १३.८३ प्रतिशतले घटेर १३ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ ।

हाल ग्लोबल आइएमई लघुवित्तको चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार रुपैयाँ छ । जगेडा कोषमा ५४ करोड ८२ लाख रुपैयाँ जम्मा भएको संस्थाको असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी (ईपिएस) ३९ रुपैयाँ ७६ पैसाले घटेर १९ रुपैयाँ ३६ पैसामा झरेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २२ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर २.७३ प्रतिशत पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: