×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खराब कर्जा बढेसँगै एनआईसी एशिया लघुवित्तको नाफा प्रभावित, गतवर्षको तुलनामा ६८ प्रतिशतले गिरावट

PRIME CA

खराब कर्जा बढेसँगै एनआईसी एशिया लघुवित्तको नाफा प्रभावित, गतवर्षको तुलनामा ६८ प्रतिशतले गिरावट

२१ कार्तिक २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ६८.१८ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको समिक्षा अवधिमा लघुवित्तको खुद नाफा २० करोड ६७ लाख ५७ हजार थियो । तर, चालु आर्थिक वर्षमा सो नाफा घटेर ६ करोड ५७ लाख ९५ हजार रुपैयाँमा सिमित भएको छ । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले एनआईसी एशिया लघुवित्तको खुद नाफा प्रभावित बनेको हो ।

समिक्षा अवधिमा एनआईसी एशिया लघुवित्तको खराब कर्जा र इम्पेयरमेन्ट चार्ज भने बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मा संस्थाको खुद ब्याज आम्दानी ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै संस्थाको सञ्चालन नाफामा पनि ६८.१७ प्रतिशतले गिरावट आएको छ । यता संस्थाको खराब कर्जा २.२६ प्रतिशतले बढेर ३.८१ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै गत वर्ष ४ करोड ७२ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६६ करोड ९१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म एनआईसी एशिया लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: