×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरएसडीसी लघुवित्तको ११ % लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो ।

आरएसडीसीले अघिल्लो वर्ष भने १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: