×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारीलाई साधारणसभा गर्न लगायो प्रतिबन्ध

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारीलाई साधारणसभा गर्न लगायो प्रतिबन्ध

काठमाडौं । बागमती प्रदेश सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । मन्त्रालयले कार्तिक २१ सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।

सहकारी संघसंस्थाहरुले साधारणसभा गर्दा जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले बताएका छन् ।

सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको उनले बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: