×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महानगरले भन्यो – ‘बचतपूर्व संस्थाका पदाधिकारी चिन्नु, ब्याजको लोभले सहकारीमा लामो अवधिको बचत गर्दै नगर्नू’

काठमाडौं । सहकारी भाग्ने र बचतकर्ता फस्ने क्रम बढेसँगै काठमाडौं महानगरपालिकाले यसतर्फ चासो बढाएको छ । केही समयअघि महानगरभित्र रहेका सहकारीमा विज्ञसहितको टोलीले अनुगमन गर्ने प्रस्ताव मेयर बालेन्द्र शाहले गरेसँगै महानगर र सहकारीको चर्चा सतहमा छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले ब्याजको लोभमा लामो अवधिको बचत नगर्न निर्देशन जारी गरेको छ । एक सुचना जारी गर्दै महानगरपालिकाको सहकारी विभागले यस्तो निर्देशन दिएको हो । त्यस्तै महानगरले सहकारीमा बचत गर्नुपूर्व संस्थाको अवस्था र पदाधिकारीहरुको पहिचान गर्नसमेत अनुरोध गरेको छ ।

सोही सूचनामार्फत महानगरले सहकारी संस्थाहरुलाई तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न निर्देशन दिएको छ । त्यस्तै, बचतकर्ताहरुलाई बढी ब्याजको लोभ देखाएर लामो अवधिको बचतसमेत नगराउन सहकारी संस्थाहरुलाई आदेश दिईएको छ । यस्तो छ महानगरले जारी गरेको सूचनाः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: