Skip to content
LAXMI SUNRISE BANK

अर्थमन्त्री एक्सनमाः आन्दोलनमा रहेका व्यवसायीलाई वार्ताका लागि डाके, व्यवसायीहरुले आन्दोलन स्थगित गरे !

अर्थ सरोकार

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चर्को ब्याजदर विरुद्धको आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि डाकेका छन् । मंगलबार कार्यभार सम्हाल्दै अर्थमन्त्री पौडेलले वार्ताका निम्तो गरेका हुन् ।

वार्ताका लागि अर्थमन्त्री स्वयमले निम्तो गरेपछि मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र सीएनआईको प्रदेश नम्बर १ समितिले चर्को ब्याजदर वृद्धि विरुद्धको आन्दोलन स्थगित गरेका छन् ।

‘हाम्रो आन्दोलन ब्याजदर वृद्धिसँगै राष्ट्र बैंकले ल्याएको चालु पूँजी कर्जा मार्ग निर्देशिकाको विरुद्धमा पनि थियो’, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, ‘वार्ताका लागि अर्थमन्त्रीले निम्तो गरेपछि तत्कालका लागि आन्दोलन स्थगित गरेका हौँ ।’

त्यस्तै, सरकार र नेपाल राष्ट्र बैंकसँगको वार्तामा बटम लाइन एकल अंकको ब्याजदर हुने रिजालले बताएका छन् । ‘वार्तामा हाम्रो मुख्य मागको रुपमा बैंकहरुले जथाभावी असुल गरिरहेको नवीकरण शुल्क घटाउने रहनेछ’, उनले भने, ‘योसँगै राष्ट्र बैंकले ल्याएको चालु पूँजी कर्जा निर्देशिका खारेज गराउनु पनि अर्को माग हो ।’

यता नेपाल उद्योग वाणिज्य महासंघको टोलीले पनि प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसमक्ष समस्या राखिसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK