×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्रीलाई भेटेर होटल व्यवसायीले भने- ‘चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउनुस’

PRIME CA
GLOBAL IME BANK

अर्थमन्त्रीलाई भेटेर होटल व्यवसायीले भने- ‘चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउनुस’

१४ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । होटल संघ नेपाल (हान)ले अर्थमन्त्री विष्णु पौडेललाई चालु पूँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन माग गरेका छन् । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेट गर्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

भेटघाटका क्रममा व्यवसायीले अर्थमन्त्रीलाई तीन बुँदे माग पत्र समेत बुझाएका छन् । ‘कोभिड-१९ का कारण नेपालका कतिपय होटल तथा पर्यटन उद्योग अझै लयमा आउन सकेको छैन । यो विषयमा पनि अर्थमन्त्रीसमक्ष कुरा राखेका छौँ’, हानका अध्यक्ष सृजना राणा भनिन्, ‘हाम्रा माग र सुझावप्रति अर्थमन्त्री सकारात्मक नै हुनुहुन्छ ।’

नेपाल राष्ट्र बैंकबाट जारी चालू पुँजी कर्जा मार्गदर्शन तत्काल कार्यान्वयनमा नल्याउन र अर्थतन्त्रको पुनरुत्थानमा प्रत्यक्ष भूमिका खेल्ने होटल उद्योगलाई उत्पादनमूलक उद्योगको मान्यता दिई प्राथमिकता प्राप्त उद्योगको रुपमा कानुनमै व्यवस्था गर्न माग गरिएको हानले जनाएको छ ।

त्यस्तै, होटल उद्योगले लिएको ऋणको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज बुझाउन सक्षम नरहेको र बैंकबाट सीमाभित्र साँवा–ब्याज बुझाउन ताकेता गर्दै आएकोले व्यवसायीले यस्तो समय बढाउन पहल गरिदिन समेत माग गरेको अध्यक्ष राणाले बताएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: