काठमाडौं । समयमा काम सम्पन्न नगर्ने २१ वटा कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ । बुधबार एक सूचना जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमक कार्यालयले २१ कम्पनीलाई कालोसुचीमा राखेको जनाएको हो ।
‘विभिन्न सार्वजनिक निकायबाट भएको सिफारिसका आधारमा २१ कम्पनीलाई कालोसुचीमा राखिएको हो’, कार्यालयका एक उच्च अधिकारीले भने, ‘कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कार्वाहीमा भाग लिन पाउँदैनन् ।’ ती अधिकारीका कार्यालयले २१ कम्पीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखेको छ ।
कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम विभिन्न सार्वजनिक निकायका कार्वाहीमा भाग लिई समयमा काम सम्पन्न नगरेको भन्दै २१ कम्पीलाई कालोसुचीमा राखेको जनाएको छ ।
यस्तो छ कालोसूचीमा पर्ने २१ कम्पनीको विवरणः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्