×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कसरी मोबाइल बैंकिङबाट ईसेवामा पैसा लोड गर्ने ? यस्तो छ ‘सिम्पल एण्ड सर्टकर्ट’ तरिका….

PRIME CA

कसरी मोबाइल बैंकिङबाट ईसेवामा पैसा लोड गर्ने ? यस्तो छ ‘सिम्पल एण्ड सर्टकर्ट’ तरिका….

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रविधिको युगमा बैंकिङ कारोबार मानव जीवनका लागि अपरिहार्यजस्तै भएको छ । बदलिएको समय र प्रविधिको विकासले मानवीय गतिविधि र बैंकिङ कारोबारलाई एकअर्काका परिपुरकजस्तै बनाएको छ । अझ पछिल्लो समय सहज र सुरक्षाका दृष्टिकोणले पनि मानिसहरु नगदभन्दा बढी बैंकिङ कारोबारलाई प्रशय दिन थालेका छन् ।

यसैबीच सेञ्चुरी कमर्सियल बैंकमा पछिल्लो दुई वर्षयता बैंकिङ कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सम्पूर्ण सेवा तथा सुविधाहरु बैंकले डिजिटलाईज गरेसँगै यसको ग्राहक संख्यामा आकर्षक वृद्धि भएको हो । सेञ्चुरी बैंकको डिजिटल बैंकिङ सेवा सहज र सबैको पहुँचमा भएकाले पनि यसमा ग्राहकको आकर्षण बढेको बैंकका एक कर्मचारीले बताएका छन् । ‘हाम्रो बैंकको डिजिटल बैंकिङ प्रयोग गर्न सहज छ’, ती कर्मचारीले भने, ‘यसले गर्दा पनि लगातार सेञ्चुरीमा डिजिटल बैंकिङ कारोबार गर्नेहरुको संख्या बढ्दो छ ।’

हुन पनि अहिले दैनिक जीवनमा नगद कारोबार कमैले मात्र गर्छन् । गाडीको भाडा तिर्न होस् वा होटलको बिल तिर्न, खाजा खाएको पैसा तिर्दा होस् वा सपिङ गर्दा, रिचार्ज हाल्न, फिल्मको टिकट खरिद गर्न, हुँदाहुँदा अव ट्राफिकको चिटसमेत अनलाईनबाटै तिर्न सकिने सिस्टमको विकास भएको छ । यसैले पनि अधिकांशले पछिल्लो समय मोबाइल बैंकिङ, ई–सेवा, फोन–पे, खल्ती लगायतका माध्यमको प्रयोग गर्न गर्छन् ।

यदी त्यसो हो भने सेञ्चुरी बैंकका ग्राहकहरुले ई-सेवामा पैसा कसरी लोड गर्ने ?

सेञ्चुरी बैंकमा रहेको आफ्नो खातबाट ई–सेवामा पैसा लोड गर्नका लागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा सेञ्चुरी बैंकको मोबाइल एपमा लगईन गर्नुपर्छ । त्यसपछि होमपेजमा देखिने ईसेवाको आईकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने अप्सनमा लोड गर्न चाहेको रकम, लोड गर्नुपर्ने ईसेवा आईडी र रकम लोड गर्नुको उद्धेश्यसहितको विवरण उल्लेख गरी सब्मिट गर्नुपर्छ ।

यसरी उल्लेख गरिएको सम्पूर्ण विवरण ठिक छ वा छैन भनी पुनः कन्फर्म गरेपछि तपाई आफ्नो पिन वा फिन्गर प्रिन्ट दाखिला गर्नुपर्छ । यति गरेपछि ईसेवामा लोड गर्न चाहेको रकम सहज रुपमै ईसेवामा सफल रुपमा लोड हुन्छ ।

प्रयोग गर्न सहज र सरल

यसो त सेञ्चुरी बैंकको मोबाइल बैंकिङ निकै सरल र सहज रहेको बैंकका ग्राहकले समेत बताएका छन् । ‘म सेञ्चुरी बैंकको पुरानो ग्राहक हुँ । तर, मैले पहिला मोबाइल बैंकिङ चलाउनकै झ्याउले नगद कारोबार नै बढी गर्थें । तर, अहिले मोबाइल बैंकिङ मेरो दैनिकीजस्तै बनेको छ’, बैंकका एक ग्राहकले भने, ‘सेञ्चुरी बैंकको मोबाइल बैंकिङ चलाउन पनि निकै सहज छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: