×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरियामा काम गर्ने कामदारको तलब बढ्यो, २०२३ लागेसँगै कामदारको ज्याला मासिक न्यूनतम २ लाख रुपैयाँ हुने

PRIME CA
GLOBAL IME BANK

कोरियामा काम गर्ने कामदारको तलब बढ्यो, २०२३ लागेसँगै कामदारको ज्याला मासिक न्यूनतम २ लाख रुपैयाँ हुने

१६ पुष २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । दक्षिण कोरियामा ईपिएस प्रणालीमार्फत रोजगारीका लागि गएका नेपाली कामदारहरुको तलब बढेको छ । अंग्रेजी वर्ष २०२३ सँगै वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया गएका नेपाली कामदारहरुको तलब न्यूनतम २ लाख रुपैयाँ हुने भएको हो ।

अघिल्लो वर्षको तुलनामा दक्षिण कोरियामा कार्यरत कामदारको तलब ५ प्रतिशत बढेर प्रतिघण्टा ९ हजार ६ सय २० वन अर्थात नेपाली ९ सय ६० रुपैयाँ पुगेको छ । पाँच जनाभन्दा धेरै कामदार रहेको कम्पनीले भने एक घण्टा ओभर टाइम गरे नेपाली १४ सय २० रुपैयाँ दिने भएको हो । त्यस्तै, राती १० बजेदेखि बिहान ६ बजेभित्र काम गर्ने कामदारले १९ हजार २ सय ४० वन अर्थात नेपाली २ हजार रुपैयाँ पाउने भएका छन् ।

तर, पाँच जनाभन्दा कम कामदार भएको कम्पनीको हकमा भने यो नियम लागू हुने छैन । कोरियाली श्रम कानुनअनुसार पाँच जनाभन्दा कम कामदार भएको कम्पनीहरुले न्यूनतम ९ हजार ६ सय २० वन अर्थात नेपाली ९ सय ६० रुपैयाँमै कामदारलाई काम लगाउने छुट छ ।

यसअघि दक्षिण कोरियामा राष्ट्रपति मुन जे–इनको कार्यकालमा सन् २०१८ मा १६.४ प्रतिशत, सन् २०१९ मा १०.९ प्रतिशत र सन् २०२२ मा २.९ प्रतिशत तलब वृद्धि गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: