×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय र नयाँ सारथी लघुवित्त मर्जरमा जाँदै, प्रारम्भिक सम्झौतापछि आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विजय र नयाँ सारथी लघुवित्त मर्जरमा जाँदै, प्रारम्भिक सम्झौतापछि आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का

Artha Sarokar

२७ मंसिर २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।

गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो)मा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ ।

मर्जरपछि बन्ने संस्थामा सञ्चालक समिति अध्यक्ष नयाँ सारथी लघुवित्तबाट र प्रमुख कार्यकारी अधिकृतमा हालको विजय लघुवित्तका बसन्त लम्साल रहने सहमति भएको छ । मर्जर सम्झौता भएसँगै कम्पनीका आधाभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी