×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चर्को ब्याजदरको विरोधमा नाडाले दोस्रो चरणको आन्दोलन गर्ने, भन्यो- ‘यसपाली आन्दोलन र वार्ता दुवै सँगै हुन्छ’

PRIME CA

चर्को ब्याजदरको विरोधमा नाडाले दोस्रो चरणको आन्दोलन गर्ने, भन्यो- ‘यसपाली आन्दोलन र वार्ता दुवै सँगै हुन्छ’

११ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चर्को ब्याजदरको विरोधमा रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अप नेपालले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । विभिन्न मागसहित पहिलो चरणको आन्दोलन सम्पन्न गरेको नाडाले माग सम्बोधन नभएपछि आन्दोलनलाई निरन्तरता दिने जनाएको हो ।

अटोमोबाइल व्यवसायीको मागप्रति सरकार गम्भिर नभएपछि आन्दोललाई निरन्तरता दिएको नाडा अटोमोबाइल्स एसोसिएसन अप नेपालका अध्यक्ष धुव्र थापाले बताए । ‘पहिलो चरणको आन्दोलन सरकार तथा सम्बन्धित निकायको ध्यान तान्न गरिएको थियो’, उनले भने, ‘तर हाम्रा मागप्रति सरकारले कुनै चासो देखाएन । फलस्वरुप दोस्रो चरणको आन्दोलन अघि सारेका हौँ ।’ चितवनमा भएको अटोमोबाइल व्यवसायीको बृहत भेला तथा केन्द्रीय कार्य समितिको बैठकले आन्दोलनको निर्णय गरेको हो ।

नाडाका अध्यक्ष थापाका अनुसार दोस्रो चरणको आन्दोलनमा वार्तालाई पनि सँगै अघि बढाइनेछ । सरकाले विगत आठ महिनादेखि कार, जिप तथा भ्यानजस्ता निजी प्रयोजनका सवारी साधन र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेपनि चर्को ब्याजका कारण व्यवसायमा सहजता आउन नसकेको व्यवसायीको गुनासो छ ।

अटोमोबाइल व्यवसायीले पहिलो चरणको आन्दोलनको घोषणा गर्दै बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधनको कर्जामा कायम गरिएको जोखिम भार र एलसी खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्ने लगायतका विषयमा सहजता ल्याउनुपर्ने माग राखेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: