काठमाडौं । पछिल्लो समय नेपाली बजारमा नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । केही दिनअघि धनगढीमा झण्डै डेढ लाख नेपाली नक्कली नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गर्यो ।
तर, कैलालीमा घटेको उक्त घटनाको पूर्ण अनुसन्धान सकिन नपाउँदै नक्कली नोटसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
प्रहरीले काठमाडौंको तारकेश्वरबाट नक्कली नोटसहित बाराको आदर्श गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भनिने शेख निसम अख्तरलाई पक्राउ गरेको हो । पक्राउ परेका अख्तरको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नक्कली नोटसहित पक्राउ गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्