काठमाडौँ । प्रधानमन्त्री भएको भोलिपल्टै व्यवसायीहरु राष्ट्र बैंकका कारण आफु अफ्ट्यारोमा परेको भन्दै भनसुन गर्न प्रचण्डकहाँ पुगेका छन् । प्रधानमन्त्री भएकोमा बधाई दिने बहाना बनाएर उद्योगी व्यवसायीहरु प्रचण्डलाई राष्ट्र बैंकको नीतिविरुद्ध गभर्नरलाई भनसुन गर्न पुगेका हुन्।
अर्थतन्त्रमा परेको असर कायम रहेको, मौद्रिक नीतिको समीक्षामार्फत पनि यस समस्या सम्बोधन हुन नसकेको र कर्जाको ब्याजदर निरन्तर बढिरहेकाले उद्योगी व्यवसायी कठिन अवस्थामा पुगेको गुनासो राख्दै व्यवसायीहरुले राजस्वले साधारण खर्च धान्न पनि मुस्किल परिरहेको, मूल्यवृद्धि ४ बर्षयताकै उच्च रहेको र अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्र नै संकुचित हुँदै गएकाले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा केन्द्रित हुन प्रचण्डलाई सुझाव दिए ।
सुझावका क्रममा चालुकर्जाको वर्तमान नीति परिमार्जनका लागि राष्ट्र बैंकमा भनिदिनसमेत उद्योगी व्यवसायीहरुले प्रचण्डलाई आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि व्यवसायीहरुसँगको भेटमा अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकले पनि यसबारे विशेष निर्णय गरेको जानकारी गराए ।
यता राष्ट्र बैंक पनि अव एमालेको सरकार आएपछि सबै नीतिलाई परिमार्जन गर्ने तयारीमा छ भन्ने आरोप लागिरहेका बेला उद्योगी व्यवसायीहरुले गरेको यस्तो भनसुनले खास अर्थ राख्ने जानकारहरुको ठम्याई छ । यता सरकार पनि राष्ट्र बैंकलाई सुरुमा आग्रह गर्ने र आग्रह नमाने केहि नीतिहरुमा हस्तक्षेप नै गरेर जाने तयारीमा रहेको बुझिएको छ । ‘हामीले राष्ट्र बैंकलाई सामान्य आग्रह गर्दा पनि धेरै कुरा मिलिहाल्छ ।’ सत्तारुढ दल नेकपा एमालेका एक उच्च तहका नेताले भने, ‘हामीले भनेको नमाने राष्ट्र बैंकमाथि निर्मम हस्तक्षेप हुन्छ नि ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्