×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सबै सहकारीमा समस्या छैन, केहिमा तरलता अभाव चुलिएकोचाहिँ सत्य हो´

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

‘सबै सहकारीमा समस्या छैन, केहिमा तरलता अभाव चुलिएकोचाहिँ सत्य हो´

काठमाडौं । दैनिक सहकारी भागेको खबर सार्वजनिक भईरहेका बेला राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले समुदायमा आधारित सहकारीमा तरलता संकट नभएको बताएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष कडेलले यस्तो बताएका हुन् ।

‘अहिले सहकारीमा तरलता संकट छ भन्ने व्यापक हल्ला छ’, अध्यक्ष कडेलले भने, ‘तर, समुदायमा आधारित सहकारीमा तरलता संकट छैन ।’ त्यस्तै, अध्यक्ष कडेलले समुदायमा आधारित व्यवसायिक रुपमा चलेका संस्थामा मात्रै तरलता संकट रहेको बताएका छन् ।

तर, पछिल्लो समय केही सहकारीहरुले बदमासी गरेको भने उनले स्वीकारेका छन् । ‘पछिल्लो समय केही सहकारी संस्थामा समस्या देखिएको छ । जसले गर्दा समग्र सहकारीलाई असर पर्छ’, उनले भने, ‘सहकारीलाई सहकारी संघमा आबद्ध गराउनुपर्छ । यदी आबद्ध नभएमा नियमनकारी निकायलाई कार्वाहीको लागि सिफारिस गर्नुपर्छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: