काठमाडौं । विराटनगर महानगरपालिकामा एक सय ९३ वटा सहकारी संस्था दर्ता भएकामा ३६ सहकारी संस्था हराएका छन् । ती संस्थाबारे जानकारी नहुँदा र ठेगाना पनि प्रष्ट नहुँदा पैतिस दिनभित्र कारोबारको हिसाबकिताबसहित सम्पर्कमा आउन महानगरपालिकाले सूचना जारी गरेको हो ।
पछिल्लो समय सहकारी संस्थाले ग्राहकको निक्षेप फिर्ता गर्न आनकानी गर्ने प्रवृत्ति बढेपछि महानगरपालिकाको सहकारी शाखामा ग्राहक उजुरी पर्ने क्रम बढेको छ । ती सहकारीमा ताकेता गरेपछि सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कवहीन रहेका ३६ ऋण तथा बचत सहकारी संस्था लिमिटेडका फाइलमा उल्लेखित ठेगाना नभेटिएको, पटक–पटक ताकेता गर्दापनि सम्पर्कमा आउन नचाहेको, सम्पर्क स्थापित गर्न नसकिएको र कुनैपनि प्रकारको कारोबारको विवरण पेस नगरेकाले ती सहकारीको नाममा सूचना जारी गर्नाका साथै नाम पनि सार्वजनिक गरिएको छ ।
सम्पर्कमा नआएका ती सहकारीले साधारणसभासमेत नगरी कारोबारको विवरण सम्बन्धित शाखामा नबुझाउँदा कैयौंँ ग्राहकको रकम डुब्ने जोखिम बढेर गएको छ । त्यस्ता सहकारीमा विराटनगर वडा नं २ को सक्रिय, वडा नं ३ को स्पर्श, वडा नं ४ को परिचय, सगुन र पुष्पाञ्जलि, वडा नं ५ को विराट कोसेली र एक्सेन्ज, वडा नं ७ को सुमेरू, विराट उपभोक्ता र हिमशिखर, वडा नं ८ को सहयोगी, वडा नं ९ को भिजन फर्मा, क्यापिटल, खाटु श्याम, सत्य ओम साई, सबल, युरो र हाम्रो बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
यस्तै वडा नं १० को एभरेष्ट मल्टिपल, वडा नं ११ को ज्ञानपुञ्ज, निलकमल, यातायात, स्वर्णलक्ष्मी, वडा नं १२ को गजलक्ष्मी, गरिमा, बखरी, ताजा तरकारी तथा फलफूल उत्पादक, वडा नं १३ को नक्षत्र, वडा नं १४ को बहुमूल्य, जुनतारा र प्रभावकारी, वडा नं १५ को इच्छा, नेश्नल, ऋद्धिसिद्धि र वडा नं १७ को वाटिका र उपकार बचत तथा ऋण सहकारी संस्था रहेका छन् ।
सम्पर्कमा नआएका सहकारी संस्थालाई सम्पर्कमा आउन ३५ दिने म्याद जारी गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताएका छन् । पौडेलका अनुसार हराएका ती सहकारीलाई खोजेर कानुन बमोजिम कारबाही गरिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्