Skip to content
LAXMI SUNRISE BANK

नियमित साधारणसभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाउन सहकारी मन्त्रालयको निर्देशन

अर्थ सरोकार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले साधारणसभा नगर्ने सहकारीलाई बचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ ।

बुधबार बागमती प्रदेश सरकार अन्तर्गतको सहकारी मन्त्रालयले ३ बुँदे निर्देशन जारी गर्दै यस्तो जनाएको हो । निर्देशन अनुसार प्रत्येक सहकारीले नियमित रुपमा वार्षिक साधारणसभा गर्नुपर्नेछ । ‘त्यसो नगरे सहकारी संस्थालाई बचत संकलन र ऋण प्रवाह रोक लगाइनेछ’- निर्देशनमा उल्लेख गरिएको छ ।

त्यस्तै, सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न समेत निर्देशनमा उल्लेख गरिएको छ । ‘केही संस्थाहरुले आफुखुसी कार्यालय खोल्ने र बन्द गर्ने गुनासो बढ्न थालेपछी यस्तो निर्देशन जारी गरिएको हो’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अव सार्वजनिक बिदा बाहेकका सबै दिनमा कार्यालय खोल्नुपर्नेछ, त्यसो नगरे कार्वाही हुन्छ ।’

मुख्य कारोबार गर्ने सहकारी संघ/संस्थाहरुले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित ऐनमा भएको व्यवस्था अनुसार आफ्नो कारोबारको अनुपात मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK