काठमाडौं । थापाथलीको सुकुम्बासी बस्ती हटाउन काठमाडौं महागरपालिकाले गृह मन्त्रालयसँग सहयोग मागेको छ । बुधबार गृह मन्त्राललाई एक पत्र लेख्दै महानगरले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउने कार्यमा सहयोग गर्न आग्रह गरेको हो ।
‘बागमती नदी किनारमा अव्यवस्थित÷अनाधिकृत रुपमा रहेका संरचना हटाई सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्यमा सहयोग एवम् समन्वयका लागि अनुरोध छ’- महानगरले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
बागमती सध्यता एकीकृत विकास परियोजनाबाट समेत अनुरोध प्राप्त गरी बस्ती हटाउन पहल गरेको भए पनि असफल भएको बताउँदै थप पहलका लागि महानगरले गृहसँग सहयोग मागेको हो ।
यसअघि थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रुपमा बसेको बस्ती हटाउन महानगरले पहल गरे पनि बस्तीको अवरोधका कारण महानगर असफल भएको थियो । सो बेला सुकुम्बासी र महानगर प्रहरीबीच झडपसमेत भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्