×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४२ करोड बक्यौता तिर्न उदयपुर सिमेन्टलाई विद्युत् प्राधिकरणको पत्र, भन्यो- ‘महसुल नबुझाए लाइन काटिनेछ’

PRIME CA

४२ करोड बक्यौता तिर्न उदयपुर सिमेन्टलाई विद्युत् प्राधिकरणको पत्र, भन्यो- ‘महसुल नबुझाए लाइन काटिनेछ’

१० पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उदयपुर सिमेन्टलाई ४२ करोड बक्यौता तिर्न पत्र काटेको छ । विद्युत् उपयोग गरेबापत २०७६ सालदेखि बक्यौता राखेको उद्योगले पछिल्लो चार महिनामा भुक्तानी नै बन्द गरेपछि प्राधिकरणले पत्र काटेको हो ।

पत्र काट्दै प्राधिकरणले बक्यौता नतिरे विद्युत् लाइन काट्नेसमेत चेतावनी दिएको छ । ‘उदयपुर सिमेन्टले तिर्नुपर्ने बक्यौता ४२ करोड ३३ लाख रुपैयाँ छ’, उदयपुर वितरण केन्द्रका प्रमुख पंकजकुमार गोइतले भने, ‘पछिल्लो चार महिनादेखि उद्योगले भुक्तानीसमेत बन्द गरेको छ । महशुल नबुझाए जुनसुकै समयमा पनि लाइन काटिन सक्छ ।’

‘मिटर रिडिङ गरेको ६०औँ दिनसम्म महशुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिनेछ’ -प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरको पत्रमा उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार उद्योग सञ्चालन भएको समयमा मासिक २ देखि ३ करोडसम्म र उद्योग नचल्दा मासिक ७० लाख रुपैयाँसम्म महसुल उठ्दै आएको छ ।

यता उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपाने भने कार्यालयमा उपस्थित नै नहुने गरेको उद्योगका कर्मचारीले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: