काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालनमा चित्त बुझ्दो प्रगति देख्न पाइने बताएका छन् । ७१औँ अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार बिन्दुमा हुने चूहावट रोक्न सरकार निर्मम भएर लाग्नेसमेत बताएका छन् ।
‘पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चूहावट बढदै गएको छ, यसको असर राजस्व परिचालनमा समेत परेको देखिन्छ’, अर्थमन्त्री पौडेलले भने, ‘तर, अब भन्सारबाट हुने अवैध चोरी पैठारी र राजस्व चुहावटप्रति सरकार निर्मम भएर अघि बढ्छ । छिट्टै चित्त बुझ्दो प्रगती देखिन्छ ।’
भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजारमा सोहि बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका ‘लिगल च्यानल’लाई चुनौति दिने काम भएको अर्थमन्त्री पौडेलले बताए । ‘वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार बिभागले गम्भीर भएर काम गर्नुपर्छ’, उनले भने, ‘गत आर्थिक बर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक बर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी आएको छ । अब आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार छैन । राजस्व संकलन गर्ने जिम्मेवारीबाट उम्किन कसैले पनि मिल्दैन ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउदै लक्ष्य भेटाउने काम गर्न मन्त्रालयका सचिव एवम् सम्बन्धित कर्मचारीलाई निर्देशन समेत दिएका छन् । राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढदा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने अर्थमन्त्रीको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्