काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले मुद्रास्फीतिलाई सीमाभित्र राखी ब्याजदर नियन्त्रणको पहल भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्धारा आयोजित साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
हाल मुलुकमा देखिएको अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्र बैंकसँग समन्वयन गर्ने अर्थमन्त्री पौडेलले बताएका छन् । ‘हुनत नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हो तर चुनौतिको एक्लै सामाना गर्न सजिलो छैन’, उनले भने, ‘अहिले देखिएका समस्याहरुको समाधानका लागि राष्ट्र बैंकसँग समन्वय गर्दै अघि बढ्छौँ ।’
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले साना, मझौला तथा घरेलु उद्योगहरु महंगो ब्याजदर, नीतिगत अस्पष्टता, कच्चा पदार्थको आपूर्तिमा समस्या भएका कारण संकट उत्पन्न भएको बताएका छन् । ‘यी समस्या समाधान गर्ने कुरामा पनि अर्थ मन्त्रालय गम्भिर छ ।’ -अर्थमन्त्रीले भने ।
त्यस्तै, अर्थमन्त्रीले सरकारी सेवा प्रवाहमा कतै समस्या वा ढिलासुस्ती देखिएको खण्डमा निजी क्षेत्रले त्यसको जानकारी अर्थमन्त्रालयलाई दिन समेत निर्देशन दिएका छन् । ‘सरकारी कामकारवाहीका सवालमा सरकार नै जिम्मेवार हुन्छ’, उनले भने, ‘कुनै निर्णय कुनै समुदायमा अवलम्बन गर्नुअघि सरकारले उक्त समुदायका मानिसहरुसँग बहस गरेर मात्रै निर्णमा पुग्नेछ ।’
साना तथा मझौला उद्योगहरु नेपाली अर्थतन्त्रको आधारस्तम्भ रहेको बताउँद अर्थमन्त्री पौडेलले उद्योगहरुको सम्वद्र्धन तथा प्रवद्र्धनका लागि परियोजना कर्जा नियमावली कार्यान्वयनमा ल्याउने समेत प्रतिवद्धता गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्