काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई अर्थतन्त्र सुधारको लागि २० बुँदे सुझावसहितको ज्ञापनपत्र पेश गरेको छ ।
मंगलबार देशको आर्थिक संकटबारे प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै एकीकृत समाजवादीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको आर्थिक संकटबारे गम्भीर हुन समेत प्रधानमन्त्रीलाई सुझाव दिएको छ ।
‘मुलुकमा देखिएको आर्थिक संकट अहिले जटिल अवस्थामा छ, जसको सुधारका लागि सरकारसँग अन्य विकल्प छैन’, एकीकृत समाजवादीका एक नेताले भने, ‘यीनै विषयमा प्रधानमन्त्रीसँग छलफल भयो । हाम्रा सुझावप्रति प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ ।’
देश चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान बृद्धि हुदाँ सर्वसाधरणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै नेकपा एसले ज्ञापन पत्र बुझाएको हो ।
नेकपा एसलेले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै ध्यानाकर्षण गराएको छ । दैनिकजसो आत्महत्याको घटना हुनु पनि त्यसैको कारण भएको नेकपा एसको ठहर छ । माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, बेदुराम भुसाल र गंगालाल तुलाधर ज्ञापन पत्र बुझाउन बालुवाटार पुगेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्