×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्तले सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

छिमेक लघुवित्तले सेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने

Artha Sarokar

२८ पुष २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सेयरधनीका लागि संस्थाले प्रस्ताव गरको सो लाभांशमा २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.२६ प्रतिशत नगद लाभांश रहेको लघुवित्तले जनाएको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएसँग वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी