×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अघोषित नाकाबन्दी’मा नयाँ बाहनाः नयाँ वर्ष भन्दै चीनले १५ दिन नाका बन्द गर्यो, नाकामै सामान अड्किँदा व्यापारी मर्कामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘अघोषित नाकाबन्दी’मा नयाँ बाहनाः नयाँ वर्ष भन्दै चीनले १५ दिन नाका बन्द गर्यो, नाकामै सामान अड्किँदा व्यापारी मर्कामा

Artha Sarokar

९ माघ २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बेलाबेलामा विभिन्न बाहानामा नाका बन्द गरिरहने चीनले यसपाली भने नयाँ वर्षको कारण देखाउँदै चीनतर्फको नाका बन्द गरेको छ । चीनले औपचारिक जानकारी दिँदै नयाँ वर्षका कारण आगामी १५ दिनसम्म नाका बन्द रहने बताएको हो ।

योसँगै चीनतर्फको रसुवागढ़ी नाकाबाट सामान आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ दिनसम्म सामान आयात नहुने अनौपचारिक जानकारी आएको छ ।

कहिले कोरोना, कहिले नयाँ बर्ष, र कहिले बिना कारण पनि चीनतर्फको नाका बन्द हुने गरेको छ । यसपटक नयाँ वर्षको बाहनामा नाका बन्द हुँदा चिनतर्फको नाकामा व्यापारीहरुको करोडौ मूल्य बराबरको सामान अड्किएको छ । सोमबार बिहानैदेखि आयात ठप्प हुँदा व्यवसायीहरु थप प्रभावित बनेका छन् ।

‘भर्खर-भर्खर व्यापार केही हुने छाँटकाँट देखिएको थियो, तर यहीबेला नाका बन्द भयो’, न्युरोडका एक व्यापारीले अर्थ सरोकारसँग भने, ‘बजारको माग अनुसारको सामान ल्याउँदै थियौँ, अब अब सब नाकामै रोकिने भयो । अब व्यापार हुनेभयो भनेर खुसी थियौँ तर सबै सपना चक्नाचुर भयो ।’

यसो त पछिल्लो लामो समयदेखि नेपालको व्यापारक्षेत्र धरासायी बनेको छ । अझ बेलाबेलामा चीनले गर्ने नाकाबन्दीका कारण व्यापारीहरु थप मर्कामा पर्दै आएका छन् । ‘चीनले गरेको नाकाबन्दी यो पहिलो होइन । यसअघि पनि थुप्रै पटक यसरी नै नाकामा सामान रोकिएको थियो, यसपाली पनि त्यस्तै भयो’, एकजना व्यापारीले भने, ‘ठिक्क सिजन सुरु हुन्छ, त्यहीबेला चीनतर्फको नाका बन्द हुन्छ । सिजन सकिएपछि सामान बिक्दैन अनि व्यापारी थप मर्कामा पर्छन् ।’

हाल रसुवागढी नाकाबाट दैनिक १४ कन्टेनरमात्रै सामान आयात भईरहेको छ । त्यही पनि आजदेखि १५ दिनसम्म आयात ठप्प हुने भएपछि व्यापारी थप मर्कामा परेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी