×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकको नाफा ८९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि आकर्षक बढोत्तरी , कस्ता छन् अन्य सूचक ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंकको नाफा ८९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा पनि आकर्षक बढोत्तरी , कस्ता छन् अन्य सूचक ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा एभरेष्ट बैंकको नाफा ८९.२९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा एभरेष्ट बैंकले ८३ करोड ८९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसवर्ष भने बैंकको सो नाफा बढेर १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७२.५६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ६७ करोड २ लाख ४५ हजार रुपैयाँ पुगेको छ । योसँगै बैंकको सञ्चालन नाफा पनि ८९.२० प्रतिशतले बढेर २ अर्ब २६ करोड ८४ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ ६८ पैसा कायम भएको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९ रुपैयाँ ०९ पैसाले बढेर २९ रुपैयाँ ६९ पैसा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: