×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

फर्स्ट माइक्रोफाइनान्सको नाफा ३८.५३ प्रतिशतले बढ्यो, ईपीएसमा पनि सुधार (विवरणसहित)

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३८.५३ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले सोही अवधिमा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसअवधिमा लघुवित्तको खुद ब्याज आम्दानीमा २६.४६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी २१.६३ प्रतिशतले बढ्दा लघुवित्तको सञ्चालन मुनाफा भने ३८.६८ प्रतिशतले बढेको छ ।

लघुवित्तले सार्वजनिक गरको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३ रुपैयाँ ५२ पैसाले बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ । योसँगै लघुवित्तको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: