×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालमा पनि आर्थिक संकट देखियो, महँगी नियन्त्रण चुनौतीपूर्ण छ’ : गभर्नर अधिकारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘नेपालमा पनि आर्थिक संकट देखियो, महँगी नियन्त्रण चुनौतीपूर्ण छ’ : गभर्नर अधिकारी

Artha Sarokar

२४ पुष २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा आर्थिक संकट देखिएको बताएका छन् । विश्वभर परेको आर्थिक मन्दीको प्रभाव सन् २०२३ मा नेपालमा पनि देखिएको बताउँदै उनले यहि कारण निर्माण क्षेत्रमा सुस्तता देखिएको बताएका छन् ।

राजधानीमा आयोजित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को तेस्रो साधारणसभामा राष्ट्र बैंकका गभर्नर अधिकारीले यस्तो बताएका हुन् । आर्थिक मन्दीकै कारण महँगी नियन्त्रणमा पनि चुनौती देखिएको उनको भनाई छ । ‘आर्थिक मन्दीकै कारण महँगी नियन्त्रण पनि चुनौतीपूर्ण अवस्थामा पुगेको छ,’ गभर्नर अधिकारीले भने ।

कार्यक्रममा बोल्दै उनले संसार नै मन्दीको वातावरणमा गएकाले नेपालमा त्यसको बाछिटा पर्नु स्वभाविकै रहेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी