×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लालुपाते सहकारीमा बचतकर्ताको करोडौँ रकम अपचलन, पीडित भन्छन्-‘आफ्नै पैसा लिन पनि आन्दोलन गर्नुपर्ने भयो’

काठमाडौं । लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले रकम फिर्ता नगर्दा बचतकर्ता मर्कामा परेका छन् । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सो सहकारीले बचतकर्ताको सात करोड बढी रकम फिर्ता नगर्दा सहकारीमा रकम जम्मा गरेको बचतकर्ता मर्कामा परेका हुन् ।

पटकपटक रकम फिर्ताको माग गर्दा पनि सहकारीले पैसा नदिएपछि पीडितहरुले संघर्ष समिति समेत गठन गरेको एक बचतकर्ताले बताएका छन् । ‘हामीले बचत फिर्ताको लागि पटकपटक माग गर्यौं, प्रशासन र नगरपालिकामा समेत उजुरी गर्यौं तर कसैले पनि माग सुनुवाई गरेनन्’, ती बचतकर्ताले भने, ‘बचत फिर्ता हुने अरु कुनै विकप्ल नदेखेपछि संघर्ष समिति गठन गरी आन्दोलनको विकल्प रोजेका हौँ ।’

हालसम्म सो सहकारीमा चार हजार बढी बचतकर्ताले निक्षेप जम्मा गराएका छन् । खोटाङको दिक्तेल बजारमा प्रधान कार्यालय रहेको सो सहकारीमा ५१ लाखसम्म बचत गर्ने बचतकर्तासमेत रहेका छन् ।

‘यो सहकारीमा हाम्रो मिहेनतको पैसा, दुःख गरेर कमाएको पैसा जम्मा गरेका हौँ’, सहकारीका एक बचतकर्ताले भने, ‘अहिले न सहकारीले पैसा दिने छाँटकाँट देखाउँछ न त नियमनकारी निकायले चासो दिन्छन् । एकदुई जनाको मात्र भएको भए कुरा छुट्टै हुन्थ्यो तर यहाँ हजारौँ बचतकर्ताको रकम फसेको छ ।’

कोभिडका कारण सहकारीका तत्कालीन अध्यक्ष जोशीको निधन भएपछि बचतकर्ताहरु रकम झिक्न सहकारी पुगे । तर, विभिन्न बाहनामा संस्थाले बचतकर्तालाई फर्काइरह्यो । पछि थाहा भयो रकम फिर्ता गर्नको लागि सहकारीमा मौज्दात रकम नै थिएन । थप छानबिन गर्दै जाँदा सहकारीमा बचतकर्ताको करोडौँ रुपैयाँ अपचलन भएको रहस्य बाहिर आएको थियो ।

यता सहकारीले भने प्रवाह गरेको कर्जा उठ्न नसक्दा यस्तो समस्या आएको दाबी गरेको छ । ‘सहकारीबाट ३० हजारदेखी ७५ लाख रुपैयाँसम्म ऋण लैजानै ऋणी पनि छन्, जसमध्ये धेरैले सहकारीको ऋण तिरेकै छैनन्’, सहकारीका एक कर्मचारीले भने, ‘ऋण उठाउन अनेक उपाय गर्दा पनि ऋण उठाउन सकेका छैनौँ । सहकारीकै पदाधिकारीको मिलेमतोमा ठूलो कर्जा प्रवाह भएको छ, जुन उठ्ने सम्भावना छैन ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: