×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाफा बढाउन नसकेको माछापुच्छ्रे बैंकको खराब कर्जा भने बढ्यो, ईपीएसमा पनि मात्र २८ पैसाको बढोत्तरी

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा १.४३ प्रतिशतले वृद्धि भएको छ ।

योसँगै गत आर्थिक वर्षको सोही अवधिमा १ करोड रुपैयाँ नाफा कमाएको माछापुच्छ्रे बैंकले यसवर्ष २ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने एक अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल बैंकको कुल चुक्ता पूँजी १० अर्ब २५ करोड रुपैयाँ रहेको छ भने बैंकको रिजर्भमा ४ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

नाफामा आएको सामन्य वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि सामान्य नै वृद्धि भएको छ । यो अवधिमा बैंकको यस्तो आम्दानी २८ पैसाले बढेर १९ रुपैयाँ ९९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: