×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्राइम, गुँरास र युनियन लाईफ इन्स्योरेन्स ३ महिनापछि एक हुने, अध्यक्षमा अग्रवाल र सीईओमा कर्ण

काठमाडौं । प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सले मर्जर सम्झौता गरेका छन् । आइतबार तीनवटै कम्पनीको संयुक्त मर्जर कमिटिबीच मर्जर सम्झौता भएको हो ।

उक्त मर्जरलाई बीमा क्षेत्रकै बिग मर्जरको रुपमा हेरिएको छ । मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी रहनेछ । तीनवटै कम्पनीले १ः१ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका हुन् ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका सुलभ अग्रवाल रहनेछन् भने सीईओको जिम्मेवारी युनियन लाइफकै वर्तमान सीईओ मनोज कुमारलाल कर्णले सम्हाल्ने भएका छन् ।

त्यस्तै, नयाँ कम्पनीको डेपुटी सीईओको जिम्मेवारी गुराँस लाइफका सीईओ र प्राइम लाइफका कामु सीईओले सम्हाल्नेछन् । मर्जरपछि बन्ने नयाँ कम्पनीको पूँजी सात अर्ब ६९ करोड पुग्नेछ । यसअघि तीनवटै कम्पनीले गत बैशाखमा मर्जरको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: