Skip to content
LAXMI SUNRISE BANK

‘नेपाल भारतबीच ‘फिनटेक’मा थप सहकार्यको आवश्यकता देखिएको छ’- भारतीय राजदुत नविन श्रीवास्तव

अर्थ सरोकार

काठमाडौं । काठमाडौंमा भारतीय राजदुतावासको आयोजनामा भारत-नेपाल ‘स्टार्टअप कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत कूटनीतिक सम्बन्धको ७५ वर्षको सन्दर्भमा आयोजित कार्यक्रम नेपाली र भारतीय स्टार्टअप इकोसिस्टम बीचको जडानलाई बढावा दिनमा केन्द्रित थियो ।

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नवप्रवर्तनमा आधारित व्यवसाय ‘स्टार्टअप इकोसिस्टम’ बीचको जडान (कनेक्ट)लाई बढावा दिनुपर्ने सुझाएका छन् ।

भारतीय राजदूतावासले नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चको सहकार्यमा आयोजना गरेको ‘इण्डिया-नेपाल स्टार्टअप कनेक्ट’ विषयक अन्तरक्रियामा बोल्दै श्रीनिवास्तवले दुवै देशबीच ‘फिनटेक’मा थप सहकार्यको आवश्यकता औँल्याएका छन् । ‘दुई देशको स्टार्टअप इकोसिस्टमलाई एकै ठाउँमा ल्याउन इण्डिया-नेपाल स्टार्टअप जडानको आयोजना गरिएको हो’, उनले भने, ‘दूतावालसले नेपाल-भारत स्टार्टअप जडान प्रवद्र्धन गर्ने गतिविधिलाई प्रोत्साहन गर्न जारी राख्नेछ ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमले नेपालमा स्टार्टअप अवसरसम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने स्टार्टअप इण्डियाका अनुभवकुमार दासले स्टार्टअप इण्डिया योजनाबारे प्रस्तुति दिएका थिए । स्टार्टअप इन्डिया योजना सन् २०१६ जनवरी १६ देखि सुरु भएको हो । ‘पेनियरबाइ’ का सीइओ आनन्द बजाजले सरकार, नियामक र उद्योगको सहयोगमा भारतमा फिनटेक क्षेत्र कसरी विकसित भएको छ भन्ने बारेमा जानकारी गराएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK