×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाफामा जान थाल्यो आयल निगम, १५ दिनकै नाफा ९९ करोड, ‘सरकारलाई सहयोग गर्न तत्काल भाउ नबढाउने रणनीति’

PRIME CA
GLOBAL IME BANK

नाफामा जान थाल्यो आयल निगम, १५ दिनकै नाफा ९९ करोड, ‘सरकारलाई सहयोग गर्न तत्काल भाउ नबढाउने रणनीति’

१८ पुष २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य पठाएको छ । आईओसीको नयाँ मूल्यसूची अनुसार मट्टितेलबाहेकका सम्पूर्ण इन्धनको मूल्यमा वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिण्डर ७८ रुपैयाँ २२ पैसा मूल्य वृद्धि भएको छ । तर, मट्टितेलको मूल्य भने केही घटेर आएको निगमले जनाएको छ ।

हाल एलपी ग्याँसमा ३ सय ५९ रुपैयाँ ५० पैसा प्रति सिलिण्डर घाटा रहेको र दैनिक घाटा ४६.४४ करोड रहेको निगमले जनाएको छ । ‘पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफालाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा अनुमानित ९९ करोड नाफा हुने देखिएको छ ।’ -निगमको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, निगमले भारतीय आयल कर्पोरेशनलाई ८ जनवरी, २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवम् नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी अझै पनि करिव १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

अन्ताराष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र आईओसीको बक्यौता एवम् नेपाल सरकारद्धारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निमगलाई चुनौती रहेकोले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

यसो त नयाँ सरकारलाई सहयोग गर्ने भन्दै आयल निगमले तत्काल भाउ नबढाउने रणनीति लिएको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकारले पनि तत्काल उपभोक्तालाई असर गर्ने र सरकार विवादमा तानिने निर्णय नगर्न आयल निगमलाई अनौपचारिक निर्देशन दिएको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: