×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रेम आचार्य प्रकरण : भाटभटेनीका साहु, पवन गोल्यानसहित २ कलेज संचालकविरुद्ध मुद्धा, जेल सजायको माग !

काठमाडौं । संसद भवनअघि आफ्नै शरिरमा आगो लगाएर ‘आत्मदाह’ गरेका प्रेमप्रसाद आचार्य प्रकरणमा संलग्न रहेको भन्दै १२ जना विरुद्ध जाहेरी परेको छ । आचार्यलाई बाचुन्जेल विभिन्न तवरबाट पीडा दिएर मर्न बाध्य बनाएको भन्दै आचार्यकी श्रीमती नानुका अधिकारीले जाहेरी दिएकी हुन् ।

आत्मदाह गर्नुपूर्व आचार्यले सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दै ‘आत्मदाह’ गर्नुको कारण खुलाएका थिए । सोही स्टाटसका आधारमा आचार्यकी श्रीमती नानुका अधिकारीले भाटभटेनीका मालिक मीन बहादुर गुरुङदेखि गोल्यान ग्रुपका पवन गोल्यान र २ कलेज संचालकसहित १२ जना विरुद्ध जाहेरी दिएकी हुन् ।

क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट, सान इन्टरनेशनल कलेज, सुकुकी शोरुम, इलाम सुर्योदय नगरपालिका-११ का टेक बहादुर राईको साङ्पाङ् डेरी, नेपाल ग्रामोध्योग कम्पनी र कम्पनीका सञ्चालक डा. उपेन्द्र महतो एवम् डा. समता प्रसाद, गोल्यान एग्रो/पवन गोल्यान, अनिल बस्नेत/मेरो तरकारी डटकम र नेप एक्सप्रेस यूएईका विरुद्धमा जाहेरी दिएकी हुन् ।

त्यस्तै, जाहेरीमा डाबर नेपाल प्राइभेट लिमिटेड/शंकर पन्त, कन्याम ईन, झापा धुलाबारीका अनिल भेटवाल, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ र नेपालको संविधानले प्रदान गरेको प्रत्यक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने लगायतका मौलिक हकहरुको रक्षा गर्न नसकेको भन्दै नेपाल सरकारको नाम समेत उल्लेख गरिएको छ ।

बाचुन्जेलसम्म बाँच्न नसक्ने गरि असह्य पीडा दिएको र सोहि पीडा सहन नसकेर आचार्यले आत्महत्या गरेको भन्दै १२ जना (स्टाटसमा उल्लेख भएका) विरुद्द ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा जाहेरी दिएको पारिवारिक स्रोतले बताएको छ ।  यदी सो मुद्दामा दोषी ठहरिए जाहेरीमा नाम उल्लेख भएकाहरु जेल जान सक्छन् ।  र दोषीउपर छानबिन गरि कानुन अनुसार कारवाही गर्न समेत माग गरिएको छ । यस्तो छ नानुकाले दिएको जाहेरीः

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: