×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सनमा महानगरः सुरु भयो बचत फिर्ता नगर्ने सहकारीको अनुगमन, नियमसंगत नभेटे कार्वाही गरिने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एक्सनमा महानगरः सुरु भयो बचत फिर्ता नगर्ने सहकारीको अनुगमन, नियमसंगत नभेटे कार्वाही गरिने

३ माघ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौंमा बचत फिर्ता गर्न नसक्ने सहकारीहरुको अनुगमन सुरु भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुको अनुगमन सुरु गरेको हो ।

सहकारीहरुले बचत फिर्ता नगरेका गुनासो बढ्न थालेपछि महानगरपालिकाले अनुगमन सुरु गरेको हो । पहिलो चरणमा वडागत रुपमा अनुगमन गरिने महानगरका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले बताएका छन् ।

‘अहिले दैनिक रुपमा सहकारीविरुद्ध उजुरी पर्ने क्रम बढेको छ, अधिकांश उजुरी बचत फर्ताकै छन् ।’ पोखरेलले भने- ‘अहिले बचत फिर्ता गर्न नसक्ने र नियम विपरित सञ्चालन भईरहेका सहकारीमा अनुगमन गर्छौं ।’

अनुगमनका क्रममा नियम विपरित सहकारी सञ्चालन भएको पाइएमा वा महानगरको निर्देशन नमानेमा कार्वाही गरिने समेत महानगरले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: