×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बदनाम बन्यो शालीनदीको ‘खुवा र कुराउनी’, ठगहरुले मिश्री र बिस्कुट मिसाउँदा सही व्यापारी मर्कामा ! (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

बदनाम बन्यो शालीनदीको ‘खुवा र कुराउनी’, ठगहरुले मिश्री र बिस्कुट मिसाउँदा सही व्यापारी मर्कामा ! (फोटो-कथा)

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि लागेको शालीनदी मेलामा यतिबेला भक्तजनको भिड छ । पुजाआजा र दर्शन गर्नेहरुसँगै यहाँ मेला घुम्नकै लागि पनि जिल्ला तथा जिल्ला बाहिरबाट भक्तजनहरु आउने गर्छन् । शालीनदी मेलाको आफ्नो छुट्टै पहिचान र विशेषता छ । विशेषगरी खाजा, जुत्ता, माला, पाउँ र तितौराजस्ता सामानहरु यस मेलाका आकर्षण हुन् । र तीनै मध्ये अर्को आकर्षण हो ‘खुवा’ र ‘कुराउनी’ ।

यसो त शालीनदी मेलामा धेरैले रुचाउने र किन्ने परिकार पनि हो खुवा । कतिपय व्यवसायीहरुले शालीनदीमा त्यहीँ नै पकाएर तातोतातो र ताजा खुवा पनि बेचिरहेका छन् । अझ व्यापारीहरुले चाखेरै पनि खुवा किन्ने मौका पनि ग्राहकलाई दिएका छन् । तर, केही व्यापारीहरुले भने खुवा गुलियो बनाउन बिस्कुट र मिश्रीको प्रयोग समेत गरिरहेका छन् ।

हुन त शालीनदीमा खुवा र कुराउनी बेच्ने सबै व्यापारीले खुवामा बिस्कुट मिसाउँछन् भन्ने होइन । तर, केही ठग व्यापारीका कारण शालीनदीको प्रख्यात खुवा र कुराउनी अहिले बदनाम बनेको छ । यसरी केही व्यापारीले खुवामा मिसावट गर्न थालेपछि सही व्यापारीहरु मर्कामा परेका छन् ।

खुवा खाँदा वा किन्दा ग्राहकले यो कुरामा सचेत हुन जरुरी छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: