×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४० लाखको धितोलाई डेढ करोड दिने समृद्धि फाइनान्स चरम घाटामा, ईपीएस ऋणात्मक, अवस्था चिन्ताजनक

काठमाडौं । ४० लाखको धितोलाई ‘हाई-भ्यालुयसन’ गरी डेढ करोड ऋण प्रवाह गरेको समृद्धि फाइनान्स चरम घाटामा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा कम्पनी ७ करोड ७३ लाख रुपैयाँ घाटामा देखिएको हो ।

दोस्रो त्रैमाससम्मको अपरिस्कृति वित्तीय विवरण सर्वाजनिक गर्दै समिक्षा अवधिमा कम्पनीलाई ७ करोड ७३ लाख घाटा लागेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६० लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २ करोड ९८ लाख रुपैयाँबाट बढेर ४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यद्यपी, कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा आईपुग्दा ८ करोड २४ लाख रुपैयाँ नोक्सानमा छ ।

कम्पनी घाटामा जानुको मुख्य कारण कम्पनीमा भएको चरम आर्थिक घोटाला र खराब कर्जामा भएको अस्वभाविक वृद्धि भएको विश्लेषहरु बताउछन् । यस अवधिमा कम्पनीको खराब कर्जा ३.०७ प्रतिशतबाट बढेर १३.९२ प्रतिशत पुगेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक देखिएको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर १८ रुपैयाँ ९० पैसा वार्षिक नोक्सानमा देखिएको छ ।

केही समय अघिमात्रै समृद्धि फाइनान्सले ४० लाखको धितोको डेढ करोडको ऋण दिएको रहस्य सतहमा आएको थियो । सो घोटाला प्रकरणबारे हाल थप छानबिन चलिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: