×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुल्मीकी शारदा भुसाल: जसले दुध बेचेरै मासिक १० लाखको कारोबार र १ लाख बचत गर्छिन् !

PRIME CA

गुल्मीकी शारदा भुसाल: जसले दुध बेचेरै मासिक १० लाखको कारोबार र १ लाख बचत गर्छिन् !

८ माघ २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपालका अधिकांश क्षेत्रमा अहिले पनि महिलाहरुलाई स्वतन्त्र रुपमा काम गर्न सहज छैन । ‘महिलाहरु घरायसी कामकाजमै सिमित हुनुपर्छ’ भन्ने रुढिवादी परम्परा अझै पनि धेरै क्षेत्रमा हावी छ । तर, चाहे महिलाले पनि गर्न सक्छन् भन्ने चरितार्थलाई गुल्मीकी शारदा भुसालले प्रमाणित गरेकी छिन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका ८ की भुसालले २०६३ सालदेखि न्यू मैत्री डेरी उद्योग सञ्चालन गरिरहेकी छिन् । आफैँले सुरु गरेको डेरी उद्योगबाट भुसालले दूध खरिद, प्रशोधन र बिक्री बिक्री गर्छिन् । आफ्नो सो डेरीबाट दैनिक तीन सय लिटर दूध बजारमा पुर्यायउने उनी बताउछिन् ।

‘डेरीमा गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट दूध आउँछ’, उनले भनिन्, ‘ म भैँसीको दुधमात्रै खरिद, प्रशोधन र बिक्री गर्छु । तर पनि बजारको माग अनुसार दूध पुर्याउन गाह्रो छ ।’

गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताइन् । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार पनि बनाउने गरेको उनले बताएकी छिन् ।

डेरीबाट मासिक नौदेखि १० लाखसम्म कारोबार गर्ने र मासिक १ लाख रुपैयाँ बचत गर्ने भुसालले बताईन् । ‘जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ’, उनले भनिन् ‘महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ । अहिले सफल पनि भएको छु ।’

किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ ।

स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउछिन् । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनको गुनासो रहेको छ ।

शारदा स्वयम् आफैले सञ्चालन गरेको सो डेरी उद्योगमा हाल चार जना कामदार छन् । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको भुसालले बताएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: