×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ढुक्क हुनुस्, कुनै पदमा नभए पनि सदनमा बुलन्द आवाज उठाउनेका रुपमा परिचित हुन्छु’- सोबिता गौतम

PRIME CA

‘ढुक्क हुनुस्, कुनै पदमा नभए पनि सदनमा बुलन्द आवाज उठाउनेका रुपमा परिचित हुन्छु’- सोबिता गौतम

६ माघ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सदनमा बुलन्द आवाज उठाउनेका रुपमा आफुलाई परिचित गराउने बताएकी छिन् । उपसभामुखकी उम्मेदवार रास्वपाकी इन्दिरा राना मगरको प्रस्तावक बनेर उम्मेदवारी घोषणा गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै गौतमले यस्तो बताएकी हुन् ।

उपसभामुखमा तपाईले उम्मेदवारी दिने कुरा थियो, किन इन्दिरा राना मगरलाई प्रस्ताव गर्नुभयो ? भन्ने प्रश्नको जवाफ दिँदै गौतमले आफु कानुनको विद्यार्थी भएको र संसदीय प्रणालीमा आकांक्षा राख्नु स्वभाविक रहेको बताएकी छिन् । ‘मेरो पनि आकांक्षा थियो, तर पार्टीले जिम्मेवारी र क्षमताका आधारमा कुशल व्यक्तिलाई नै उम्मेदवार बनाएको छ । जसमा मेरो पनि पूर्ण समर्थन छ ।’

‘केही पनि पदमा नभईरहँदा पनि सदनमा बुलन्द आवाज उठाउने सोबिता गौतम हो भन्ने देख्नुहुनेछ’, उनले भनिन्, ‘जनताले दिएको म्यान्डेड र अधिकारको भरपूर उपयोग गर्ने पोजिशनमा छु । उपसभामुख भईन भन्दैमा ला के भयो ? भन्ने सोच्नुपर्दैन ।’

त्यस्तै, सांसद गौतमले आफ्नो पार्टीले सही मान्छेलाई अघि सारेको बताउँदै भोलीका दिनमा आफूले सही ठाउँमा सही तरिकाबाट भूमिका निर्वाह गर्ने समेत प्रतिबद्धता जनाएकी छिन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: