×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ऋणको भार थेग्न नसक्दा डल्फिन सहकारीका सञ्चालकले देहत्याग गरे, खल्तीमा भेटियो विवरणसहित ऋणको ‘लिस्ट’

काठमाडौं । पोखरामा एक सहकारी सञ्चालकले देहत्याग गरेका छन् । पोखरा महानगरपालिका ९ शिवटोलस्थित डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खातीले आइतबार साँझ आफ्नै घरमा पासो लगाएर देहत्याग गरेका हुन् ।

३८ वर्षीय खातीले सहकारीको सञ्चालक समितिको बैठक सकिएपछि देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक सुवास तिमिल्सेनाले बताएका छन् । ‘खाती आफ्नै घरमा पासो लगाएको अवस्थामा भेटिएका हुन्’, तिमिल्सेनाले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानमा खातीले व्यवसायिक कारणले आत्महत्या गरेको पाइएको छ । उनले दिउँसो सहकारीको सञ्चालन समतिको बैठकपछि आत्महत्या गरेको पाइएको छ । थप अनुसन्धान गर्दै छौं  ।’

आइतबार दिउँसो बसेको सहकारीको सञ्चालन समितिको बैठकमा बचतकर्ताको रकम फिर्ताको लागि उनीमाथि दबाब दिइएको सहकारीका एक सञ्चालकले बताएका छन् । उनका अनुसार यसअघि पनि खातीलाई बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्यहरुले दबाब दिँदै आएका थिए । सोही कारण ऋण बोझ थेग्न नसकेर खातीले आत्महत्या गरेको हुनसक्ने ती सञ्चालकले बताएका छन् ।

मृतक खातीको खल्तीमा प्रहरीले चिट समेत फेला पारेको छ । सो चिटमा उनले तिर्नुपर्ने रकमसहितको विवरण उल्लेख गरेको पारिवारिक स्रोतले बताएको छ । उनी ‘ह्याप्पी पानी उद्योग’को समेत सञ्चालक रहेको खुलेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: