काठमाडौं । पछिल्लो समय सहकारी भाग्ने क्रम बढ्दो छ । दिनहुँजसो सहकारी भागेको खबरले ‘प्यानिक’ बनेका बचतकर्ताहरु रकम झिक्नका लागि अहिले सहकारीमा धाउन थालेका छन् । तर, सबैको गुनासो एउटै छ, ‘सहकारीले पैसा नै दिएन ।’
हुन पनि अहिले राम्रै भनिएका सहकारीहरुले बचतकर्ताको करोडौँ रकम अड्काएका छन् । ‘हामी अरु जस्तो होइनौँ, हाम्रो सहकारीमा समस्या छैन’ भन्नेहरु पनि अहिले घुमाउरो पारामा ‘समस्यामा छौँ’ भन्ने खालका आशय दिन्छन् तर पैसा दिँदैनन् । जसमध्येको एक हो सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड ।
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको कालिमाटी शाखामा अहिले रकम झिक्नेहरुको भीड छ । दैनिक बचतकर्ताहरु आफूले जम्मा गरेको रकम झिक्न कार्यालयमा पुग्ने गरेका छन् । तर, आफ्नै पैसा पनि सहकारीले फिर्ता नगरेको वितेशबहादुर शाहले बताएका छन् । ‘आफ्नै पैसा माग्दा पनि दिँदैन, कति दिन भईसक्यो धाउन थालेको पैसा नै नदिएर तनाव दिएको छ’, उनले भने, ‘म एक्लैको भएको भए त केही समस्या नै थिएन तर सुमेरुबाट पैसा नपाउने धेरै छन् ।’
‘सुमेरुबाट अहिले मैले लिनुपर्ने एक लाख ३० हजार रुपैयाँ हो । २० लाख डबलमा रोखेको छु, त्यसको समय अझै ४ वर्ष बाँकी छ’, उनले भने, ‘अहिले नै पैसा रोक्न थालिसक्यो, ४ वर्षपछि त के हुने हो ? संस्था नरहने हो कि भन्ने डर लागिसक्यो ।’
शाहका अनुसार सो सहकारीमा ५० हजारदेखि ७० लाखसम्म निक्षेप जम्मा गराएका बचतकर्ताहरु छन् । तर, पटक-पटक आफ्नै रकम झिक्न जाँदा पनि सहकारीले पैसा नै नदिने उनीहरुको गुनासो छ ।
सहकारी भन्छ- ‘फिर्ता गर्नलाई पैसा नै छैन’
यता सहकारीले भने बचतकर्तालाई फिर्ता गर्न पैसा नै नभएको प्रतिक्रिया दिएको छ । सहकारीमा तरलता अभावका कारण बचतकर्तालाई एकमुष्ठ रकम दिन नसकेको सहकारीकी कालिमाटी शाखा प्रबन्धक स्वच्छन्दा मानन्धरले स्वीकारेकी छिन् ।
‘पैसा नै नदिएको वा नदिने भन्ने त होइन, अहिलेलाई सहकारीहरुको जताततै ‘क्यास क्राईसिस’ले गर्दा अफ्ठ्यारो परेको हो’, शाखा प्रबन्धक मानन्धरले भनिन्, ‘हामीले अहिले १०-१० हजार सेलिङ्ग तोकेका छौँ, त्यही अनुसार कारोबार भईरहेको छ ।’
मानन्धरका अनुसार सहकारीमा आफ्नै पैसा झिक्न जानेहरुले पनि दैनिक १० हजार मात्रै रकम पाउँछन् । ‘सहकारीमा देखिएको तरलता अभावको बारेमा ठूला निक्षेपकर्ताहरु कन्भिन्स हुनुहुन्छ, छिट्टै समस्या सामाधान गर्नुस् भन्नुभएको छ’, उनले भनिन्, ‘सहकारीमा ‘क्यास क्राइसिस’ भएरै यसरी कारोबार गरिएको हो ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्