×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ ब्रोकर लाइसेन्ससम्बन्धि मुद्धा ‘हेर्न नभ्याइने’मा  !

PRIME CA

नयाँ ब्रोकर लाइसेन्ससम्बन्धि मुद्धा ‘हेर्न नभ्याइने’मा  !

अर्थ सरोकार

१९ पुष २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नयाँ ब्रोकर लाइसेन्स, र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाको पेशी पुन: सरेको छ । आज तोकिएको पेशी न्यायाधीसले ‘हेर्न नभ्याइने’ भनेपछि पुन: अर्को पेशी तोकिने भएको हो ।अर्थात आज यो मुद्धामा कुनै पनि बहस भएन ।
न्यायधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आजका लागि यो मुद्धामा पेशी तोकिएको थियो । तर अन्य मुद्धामा समय लाग्ने भएपछि आज सो मुद्धामा कुनै पनि बहस हुन नसकेको हो । यसअघि यहि रिटमाथि गत कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने अदालतको सो अल्पकालीन अन्तरिम आदेशसँगै लाइसेन्स वितरणको कार्य तत्कालका लागि स्थगित भएको थियो ।
अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । यस्तै प्रकृतिको तर नयाँ ब्रोकर लाइसेन्सका लागि संसोधन भएको नियमावलीविरुद्धमा परेको रिट भने यसअघि नै खारेज भईसकेको छ ।
मिश्रले दायर गरेको यो रिटमा भने प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएकाे छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: