Skip to content
LAXMI SUNRISE BANK

‘कर्मचारीलाई तालिम दिएर होइन बरु सीएहरुलाई हायर गरे राजस्व संकलन बढाउन सकिन्छ’- स्वर्णिम वाग्ले

अर्थ सरोकार

काठमाडौं । राजस्व संकलन वृद्धि गर्न कर्मचारीलाई तालिम दिने कुरामा अर्थशास्त्री स्वर्णीम वाग्लेले आपत्ति जनाएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा बोल्दै अर्थशास्त्री वाग्लेले अहिलेको कर्मचारीलाई तालिम दिएर राजस्व संकलनमा वृद्धि नहुने बताएका हुन् ।

‘अहिलेका कर्मचारीलाई तालिम दिएर राजस्व संकलन वृद्धि हुँदैन’, वाग्लेले भने, ‘बरु चार्टर्ड एकाउन्टेन्ट (सीए)हरुलाई हायर गरेर काम गराउने हो भने राजस्व संकलन बढाउन सकिन्छ ।’

चार्टर्ड एकाउन्टेन्ट (सीए)हरुलाई राजस्व चुहावटका ‘लुप होल’हरु थाहा हुने बताउँदै वाग्लेले तालिमले भन्दा सीएमा भएको ज्ञानले राजस्व बढाउन सहयोग पुग्ने बताएका हुन् । ‘अर्थतन्त्र ः अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो धारण राख्दै वाग्लेले विश्वभर देखिएको आर्थिक संकुचनको बाछिट्टा नेपालमा पनि पर्ने बताएका छन् ।

त्यस्तै, उनले सोचेजति वैदेशिक ऋण उठाउन सरकार असफल हुनु चिन्ताजनक भएको समेत बताएका छन् । ‘हाल राजस्व र खर्चबीचको असन्तुलन निर्मम रुपमा अघि बढेको छ’, वाग्लेले भने, ‘अहिले सरकारले उठाएको कर पनि कर्मचारीलाई तलब भत्ता दिँदै सकिन्छ ।’

निरन्तर संकटतर्फ गईरहेको अर्थतन्त्र र देशको स्थिति सुधारका लागि बर्तमान सरकारले चुहावट न्युनिकरण गर्दै राजस्व संकलनमा जोड दिनुपर्ने अर्थशास्त्री वाग्लेले सुझाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK