Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन विश्वविद्यालय आर्थिक संकटमा: सरकारले बजेट दिँदैन, आफुसँग छैन, कर्मचारीले साउन यताको पेन्सन नै पाएनन् !

अर्थ सरोकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय आर्थिक संकटमा परेको छ । अप्रयाप्त बजेट र सरकारले आवश्यकता अुनसार बजेट नदिँदा विश्वविद्यालय आर्थिक संकटमा परेको हो ।

बजेटको अभावसँगै विश्वविद्यालयका आवकाशप्राप्त प्रध्यापक तथा कर्मचारीहरुले ६ महिनादेखिको पेन्सन नै पाएका छैनन् । ‘सरकाले प्रयाप्त बजेट नदिँदा पेन्सन खुवाउनै सकिएको छैन’, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले भने’, ‘हामीसँग त्यति धेरै बजेट छैन, सरकारले दिँदैन, अवकाशप्राप्त कर्मचारीलाई कसरी पेन्सन खुवाउने ?’

प्रा.डा. दाहालका अनुसार विश्वविद्यालयले गत आर्थिक वर्षमा २८ अर्ब रुपैयाँ बजेट विश्वविद्यालयसभाबाट पारित गरेको थियो भने सरकारले नौ अर्ब बजेट उपलब्ध गराएको थियो । हाल विश्वविद्यालयले १० अर्ब रुपैँया तलब र भत्ता तथा चार अर्ब पेन्सनमा खर्च गर्दै आएको दाहालले बताएका छन् ।

‘हाल विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको दरबन्दी छ’, विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले भने, ‘ती मध्ये अहिले १३ हजार जनाका लागि मात्रै तलब भत्ता पठाउने गरिएको छ ।’

मुलुकको पहिलो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नसक्दा उच्च शिक्षाका लागि पछिल्लो समय विदेशिने विद्यार्थिहरुको संख्या पनि बढिरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK