×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘इन्जिन र पाइलट सही छ, अर्थतन्त्रको जहाज उड्छ उड्छ’-पूर्व अर्थमन्त्री युवराज खतिवडा

PRIME CA
GLOBAL IME BANK

‘इन्जिन र पाइलट सही छ, अर्थतन्त्रको जहाज उड्छ उड्छ’-पूर्व अर्थमन्त्री युवराज खतिवडा

५ माघ २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपालमा अर्थतन्त्रको जहाज छिट्टै उड्ने दाबी गरेका छन् । बुधबार चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले अहिले रनवेभन्दा बाहिर गएको अर्थतन्त्रको जहाज बिस्तारै रनवेमा आउँदै गरेको र छिट्टै ‘टेक अफ’ गर्ने बताएका हुन् ।

‘नेपालको अर्थतन्त्रको जहाज झण्डै-झण्डै क्रयास भएको हो, धेरैचोटी बम्पिङ भएको हो, सेफ ल्याण्ड गर्न खोज्दाखोज्दै रनवेमा ओभरसुट भएको छ, तर क्रयास नै चाहिँ भएको छैन’, खतिवडाले भने, ‘अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्नेछ । राष्ट्र बैंकले एकतिरबाट मात्रै तान्दा झण्डै अनियन्त्रित भएको थियो अव दुईवटै चक्का एकैचोटी तान्नुपर्ने भएको छ ।’

कार्यक्रममा बोल्दै खतिवडाले ब्याजदरमा घटोत्तरी र मूल्य वृद्धि नियन्त्रणले मात्रै देशको अर्थतन्त्र नतंग्रिने बताएका छन् । ‘मूल्य अलिकति घटेर, ब्याजदर थोरै घटेर के हुन्छ ? हामीलाई चाहिएको उत्पादन वृद्धि हो, रोजगार वृद्धि हो र निर्यात वृद्धि हो’, उनले भने, ‘हामी रिस्की जोनमा छौँ । अर्थतन्त्र जोगाउन अब सोच्नुपर्ने बेला भएको छ ।’

त्यस्तै, उनले देशमा थप लगानी ल्याउनु अहिलेको आवश्यकता नभएको भन्दै भएका औद्योगिक प्रतिष्ठान र सेवा सम्बन्धी संस्थानको क्षमता बढाउन ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘ब्याजदर एक अंकमा आउनुपर्छ भन्ने कुरा सही हो, तर अहिले निक्षेपको ब्याजचाहीँ एक अंकमा आउँछ’, उनले भने, ‘निक्षेपको ब्याजरमा अझै करेक्सन चाहिन्छ । जब निक्षेपको ब्याज एक अंकमा आउँछ त्यसपछि मात्रै कर्जाको ब्याजदर घट्ने हो । निक्षेपको ब्याजदर एकदमै माथि राखेर बढी बचत परिचान गर्छु भनेर पनि हुँदैन ।’

‘माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र सबैभन्दा तल्लो दुई अंकमा कर्जाको ब्याजदर’ नै आजको आवश्यकता र समाधान रहेको पूर्व अर्थमन्त्री खतिवडाले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: